कम्मर दुखाइमा यी योगासन गर्नुस्

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७९, बुधबार

मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसन गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ । त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ ।

कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन । सुरुमा बिस्तारै गर्नुपर्छ । योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ । अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ ।

योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ । अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ । कम्मर दुखाइ मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ ।

पाचन प्रक्रियालाई सहज बनाउँछ । मानिसमा सकारात्मक सोचको विकास गर्छ । आध्यात्मिक जागरण ल्याउने काम गर्छ । योग गर्दा शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । शरीरलाई स्फूर्त बनाउने काम गर्छ ।

  • २४ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech