होलीलाई रङहरुको चाड अंग्रेजीमा ‘फेस्टिभल अफ कलर्स’ पनि भनिन्छ। यो पर्वमा मानिसहरु आफूमा भएको दुःख, दुविधा, रिस राग बिर्सिएर एकअर्कालाई विभिन्न रङहरु लगाएर हर्ष र उल्लासका साथ रमझम गरी मनाउने गर्छन्।
यस पर्वमा विशेषगरी रङको बढी प्रयोग हुने भएकोले हाम्रो स्वास्थ्यलाई पनि ध्यानमा राखेर खेल्नु पर्ने हुन्छ। होलीमा लगाइने रङले अनुहार र कपालमा समेत असर पार्ने हुँदा केहि संवेदनशील कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसको लागि हामीले होली खेल्नुअघि र पछि यी कुरामा ध्यान दिन आवश्यक छ।
होली खेल्नु अगाडि अपनाउनुपर्ने सावधानी
१- सबैभन्दा पहिला अनुहारमा क्लीन अप गरी टोनर लगाउने । आइस क्युबले ३ मिनेटसम्म सेक्न पनि सकिन्छ ।
२- त्यसपछि राम्ररी नरिवल वा बदामको तेल लगाउने यसले छालालाई मोश्चर दिन्छ ।
३-एसपिफ ५० को सनस्क्रिन लगाउने र यो लगाउँदा दैनिक लगाउनेभन्दा बढी लगाउनु उपयुक्त हुन्छ । यी प्रक्रियाहरु होली खेल्नुभन्दा २ घण्टा अघि गर्नु उपयुक्त हुन्छ ।
४- यसैगरी होली खेल्दा आँखालाई प्रोटेक्ट गर्न सनग्लासको पनि प्रयोग गर्न सकिन्छ ।
५-होली खेल्नु एक दिनअघि कपाललाई हल्का तातो नरिवलको तेलले मसाज गर्ने । यसले कपाललाई एक्स्ट्रा पोषण दिन्छ, जसले गर्दा रङको कारण कपाल ड्राइ हुन पाउँदैन् ।
६-होलीको एकदिन अघि कपाललाई श्याम्पू पनि नगर्दा राम्रो हुन्छ ।
होली खेलिसकेपछि ध्यान दिनुपर्ने कुरा
१- होलीको रङले स्कीनबाट हटाउँदा जहिले पनि चिसो पानीको प्रयोग गर्ने किनभने तातो पानीले रङ झनै छालामा टासिन्छ र हटाउन गाह्रो हुन्छ ।
२- रङ छालाबाट हटाउनको लागि स्क्र्बको प्रयोग गर्न हुँदैन् । जहिले नरम र आयुर्वेदिक सफ्ट क्लिन्जिंगको प्रयोग गर्ने ।
३-रङ हटाउन मेकअप रिमुभर लिकुइडको वा वाटरको पनि प्रयोग गर्न सकिन्छ ।
४-होली खेलेपछि नुहाउँदा हामीले मिल्ड साबुन, फ्री क्लिनजरको प्रयोग गर्न सक्छौं ।
५– हामीले होली खेलिसकेपछिको एक साता अनुहार र छालाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । त्यसका लागि नियमितभन्दा बढी बडी लोसन लगाउने, मोस्चराइजरको प्रयोग गर्ने जसले गर्दा स्किन बढी सुख्खा हुन् पाउँदैन् । यसका साथै कपालमा पनि Hair Treatment
र Hair Spa लगाउने गर्नुपर्छ ।
६-होली लगत्तै बक्सिङ्ग, फेसियल, फेसब्लिच र थ्रेडिंग नगर्ने ।
७-होलीपछि हामीले स्किनमा घरेलु फेसियल मास्कको प्रयोग गर्न सक्छौं । जस्तैस् पाकेको केरा, दुधको तर, मह, दहि, अण्डाको पहेलो भाग आदि ।
८- कपालबाट होलीको रङ हटाउन मनतातो पानीको प्रयोग गर्ने । त्यसपछि मिल्ड स्याम्प विथ प्रोटिन वा हाइ मोस्चराइजर स्याम्पुको प्रयोग गर्न सकिन्छ। स्याम्पुपछि कन्डिसनर अनिवार्य प्रयोग गर्नुपर्छ ।
९-एक सातासम्म दैनिक ओइल मसाज गरी भोलिपल्ट विहान स्याम्पु र कन्डिसनर गर्ने । सकेसम्म नरिवलको तेलको प्रयोग गर्नुपर्छ ।
१०-यदि होलीको रङहरुले कपाल एकदम सुख्खा भएको छ भने ह्येर स्पा गर्ने । राम्रो खालको सफ्ट ह्येर मास्कको प्रयोग गर्न सकिन्छ ।