नेपालगन्ज: वेष्टर्न अस्पताल नेपालगन्जमा आजदेखि अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु भएको छ ।
सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेव सुरु भएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाका अनुसार यस्तो सुबिधा भएको आइसीयू संचालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिर पहिलो निजी अस्पताल हो । यस्तै अस्पतालमा आजैदेखि ६ बेडको एचडियू सेवा पनि सुरु भएको छ ।
आइसीयू भर्ना हुने बिरामीको स्वास्थ्य सूचकको बारेमा जानकारी दिनका लागि बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार बिरामीको हेल्थ इण्डिकेटर इन्फर्मेसन सिस्टम मिलाइएको छ । यसका साथै आइसीयू मै डायलाइसिस सेवा पनि रहेको डा थापाले बताउनुभयो ।