नेपालगन्जः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा.सन्तोष पौडेल नियुक्त हुनु भएको छ ।
स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.पौडेललाई उक्त जिम्मेवारी दिनुभएको हो ।
दशौं तहका डा.पौडेल अर्थोपेडिक सर्जन हुनुहुन्छ । वीरमा निर्देशकको पद १२ औं तहको छ।
वीरमा डा.पौडेलले जिम्मेवारी पाएपछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा रहेका डा.भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।