सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७९, बिहीबार

नेपालगन्ज: नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र  भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिएको छ ।

बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी घाइते हुनु भएको हो ।  उहाँकी आमाको भने निधन भैसकेको छ ।  कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिएको चिकित्सकले जनाएका छन् । सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech