शाही डेन्टल क्लिनिकमा निःशुल्क दन्त शिविर

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७९, बिहीबार

नेपालगन्जः नेपालगन्जको सुर्खेतरोडस्थित शाही डेन्टल क्लिनिकले आफ्नो वार्षिकोत्सवको अवसरमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सकबाट एक हप्तासम्म दाँतको निःशुल्क परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिने क्लिनिकका प्रधन्क करिष्मा शाहीले जानकारी दिनुभयो ।

यो अवधिमा डेन्टल एक्स रे सेवा निःशुल्क गरिएको छ । अन्य सेवामा पनि विशेष छुटको व्यवस्था मिलाइएको शाहीको भनाइ छ । दाँत निकाल्न परे ५० प्रतिशत छुटको व्यवस्था छ । त्यसैगरी दाँत भरेको, आरसिटी गरेको, नयाँ दाँत हालेको र बांगोटिंगो दाँत मिलाउँदा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि शाहीले बताउनुभयो ।

मानिसहरुले दाँतको हेरचाह र सरसफाईमा खासै ध्यान दिने गरेको पाइदैन । जसका कारण विभिन्न खाले समस्याबाट पीडित हुँदै आएका छन् । शाही डेन्टल क्लिनिकले उपचार सेवा मात्र प्रवाह नगरेर दन्त उपचार र परामर्श सेवालाई पनि अगाडि बढाएको छ । दाँतको हेरचाह र उपचारबारे आम सर्वसाधरणलाई सचेतना समेत फैलाउने काम गरिएको शाहीले बताउनुभयो ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech