नेपालगन्ज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरुले कैलालीस्थित शहिद दशरथ चन्द स्वास्थ पवज्ञान विश्वविद्यालय (गेटा) को अवलोकन गर्नुभएको छ ।
गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुन प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक कैलाली पुग्नु भएको हो ।
सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको हो । यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएको छ । जहाँ छात्र/छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शैयाको अस्पतालको भौतिक संरचना निर्माण भएका छन् ।
साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो । तर हालसम्म नभएको हो । भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको थियो ।