वालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

    • स्वास्थ्य पेज

  • २५ माघ २०७९, बुधबार

नेपालगन्ज: जिल्ला प्रहरी कार्यालयले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । यो उदयपुरको खबर हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन् ।

यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीय सूचना राई र अर्का ४८ वर्षीय तीर्थमाया तामाङलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानपछि म्याद थप गरेर अहेव यादवलाई बलात्कार र मानव बेचबिखन तथा दुई महिलालाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खोटाङ घर भई उदयपुरको गाईघाटमा डेरा गरी बस्दै आएकी कक्षा ८ मा अध्ययनरत बालिकालाई अहेव यादवले दुई महिलाको सहयोगमा दुई साता अगाडि गाईघाटस्थित एक होटलमा बलत्कार गरेका थिए । बालिका बलात्कृत भएको र अन्यत्र लाने तयारीसमेत गरेको भन्ने सूचना पाएपछि प्रहरीले आइतबार तीनै जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरूमाथि लागेको आरोपबारे थप अनुसन्धानका लागि मङ्गलबार म्याद थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणछि अहिले सेफहाउसमा राखिएको प्रहरीले जनाएको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech