कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका-१३ मा बालबालिकालाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ८९ जना बालबालिकाले सेवा लिएका छ्न् ।
ओम प्रकाश स्मृतिमा सद्भाव फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४४ बालिका र ४९ बालकले सेवा लिएको हेल्थ असिस्टेन्ट अजय बर्णवालले जानकारी दिनुभयो ।
सद्भाव फाउन्डेसनका संरक्षक राजवीर बर्णवालले स्वस्थ जीवन समृद्ध समाज भन्ने उद्देश्यले स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा बाल रोग विशेषज्ञद्वारा नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा आएका अधिकांश बालबालिकामा रुघाखोकी, पेटको समस्या, कानको समस्या र फंगल इन्फेक्सन देखिएको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. राजेश केसीले जानकारी दिनुभयो ।
दुईजना बालबालिकामा भने मुटुरोग सम्बन्धि समस्या देखिएकाले ती बालबालिकालाई मुटुरोग विशेषज्ञसंग परामर्श तथा उपचार सेवा लिन सुझाइएको पनि डा. केसीले जानकारी दिनुभयो ।
सद्भाव फाउन्डेसनका अध्यक्ष मन्जुल भट्टराईको अध्यक्षता भएको स्वास्थ्य जाँच कार्यक्रमको उद्घाटनमा बोल्दै वडा अध्यक्ष डम्बर खड्काले सद्भाव फाउन्डेसनले आयोजना गरेको नि: शुल्क स्वास्थ्य जाँचले स्थानीय बालबालिकालाई ठूलो राहत पुगेको बताउनु भयो ।
स्वास्थ्य कार्यालय बाँके, कोहलपुर नगरपालिकाको सहयोग, कोहलपुर नगरपालिका-१३ को समन्वय तथा लाइफ ओके पोलिक्लनिकको सहकार्यमा स्वास्थ्य जाँच कार्यक्रम गरिएको हो ।