‘डा गोविन्द केसीको हिजो मुद्दा सडकबाट उठाए, अब सदनबाट उठाउँछुः कार्की

    • स्वास्थ्य पेज

  • १३ माघ २०७९, शुक्रबार

नेपालगन्जः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मुद्दालाई अब सदनबाट उठाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले बताउनु भएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रममा सरकारले २०औ पटक अनसनमा गरेको सम्झौता सम्बोधन नभएको उल्लेख गर्दै मन्त्री कार्कीले अब सदनबाट आवाज उठाउने बताउनु भयो ।

‘हिजो म आफैं सडकबाट आवाज उठाउँदै आएको थियो । आज सदनमा पुगेको छु । डा. केसी उठाउनु भएको सबै जायज मागलाई सम्बोधन गराउनेमा प्रतिबद्ध छु,’ मन्त्री कार्कीले भन्नुभयो ।

डा. केसीले उठाएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका हरेक जायज मुद्दालाई सम्बोधन गर्न प्रयासरत हुने उहाँको भनाइ छ ।

डा। केसीले उठाएका सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने, हरेक स्वास्थ्य संस्थामा दरबन्दी सुनिश्चित, देशको कुना–कुनमा जनताको सहज पहुँज पुग्ने गरी निःशुल्क औषधि उपलब्ध गराउने, प्रादेशिक अस्पतालले दिनुपर्ने विशिष्टकृत सेवा र सम्बन्धन पाएका मेडिकल कलेज सञ्चालन गर्न प्रयासरत रहेको उहाँको भनाइ छ ।

‘उहाँको एक(एक मागलाई प्राथमितामा राखेर काम सम्बोधन गर्न प्रयास गरिरहेको छु। त्यसका लागि अनौपचारिक रुपमा डा। केसीसँग चरणबद्ध रुपमा छलफल भइरहेको छ,’ डा. मन्त्री कार्कीले भन्नुभयो ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech