नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे थारू रत्न पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ ।
थारु आयोगले थारू समुदायका लागि योगदान गर्ने चार जनालाई थारू रत्न पुरस्कारबाट सम्मानित गर्नेक्रममा डा. पाण्डेलाई पनि उक्त पुरस्कारका लागि छनौट गरेको हो ।
थारु समुदायमा देखिएको सिकसलसेल रोगको पहिचान, उपचार र निदानमा डा.पाण्डेले महत्वपूर्ण योगदान पुराएको भन्दै स्वास्थ्य बिधातर्फको थारू रत्न पुरस्कारबाट सम्मानित गर्न लागिएको थारु आयोगले जनाएको छ ।
डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्ट हुनुहुन्छ। उहाँ हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन(प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनु भएको थियो ।
सिकसलसेल तथा थालेसेमिया रोगको पहिचान, निदान र उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा. पाण्डे थुप्रै राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुका साथै थुप्रै विभूषणबाट विभूषित समेत भइसक्नुभएको छ ।
भेरी अस्पतालमा बसेर सेवा दिँदै आउनुभएका डा.पाण्डे पछिल्लो समय पश्चिम तराईका थारु समुदायलाई सिकलसेल तथा थालेसेमिया रोगबारे गाउँगाउँमा पुगेर जनचेतना फैलाउने कार्यमा पनि सक्रिय रहनुभएको छ ।