आज थप २७ जना बालबालिकामा देखियो दादुरा, ३८३ जनालाई लगाईयो खोप

    • स्वास्थ्य पेज

  • २३ पुष २०७९, शनिबार

नेपालगन्जः नेपालगन्जमा आज थप २७ जना बालबालिकामा दादुरा देखिएको छ । महामारीका रुपमा फैलिएको दादुरा आज वडा नं. ५ मा १ जना, वडा नं. ७ मा ११ जना र वडा नं. ८ मा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै नेपालगन्जमा दादुरा प्रभावित बालबालिकाको संख्या ६३ पुगेको छ । अहिलेसम्म १ जनाको मृत्यु भइसकेको छ । नेपालगन्जका २३ वटा वडामध्ये १० वटा वडामा दादुरा फैलिएको छ । बालबालिकामा दादुराको महामारी फैलिएपछि चिकित्सकहरुले बालबालिकाको विशेष ख्याल गर्न सुझाव दिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले प्रभावित क्षेत्रमा खोप अभियान तीब्र पारेको जनाएको छ । आज थप ३ सय ८३ बालबालिकालाई दादुरा रुवेला खोप लगाइएको श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनको अवधिमा १ हजार २ सय ५८ बालबालिकालाई खोप लगाइएको छ । ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाको पहिचान गर्ने र खोप लगाउने कार्यलाई तीब्रता दिइएको पनि श्रेष्ठले बताउनुभयो ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech