८७५ बालबालिकाले दादुराविरुद्धको खोप लगाए

    • स्वास्थ्य पेज

  • २२ पुष २०७९, शुक्रबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जको दुई वटा वडाका ८ सय ७५ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, वडा नं.५ मा २ सय ९६ र वडा नं. ७ मा ५ सय ९ जना र वडा नं. ८ मा ७० जनालाई दादुराविरुद्धको खोप लगाइएको हो ।

वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय, बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप लगाउन शुरु गरेको छ । दादुरा रुवेला खोप पाएका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालगन्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्ममा दादुराविरुद्धको खोप लगाउने गरिन्छ । दादुरा प्रभावित नेपालगन्जका ५, ७, ८, १०, ११, १५ र २२ नं. वडाका १० हजार ९ सय ९६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

नेपालगन्जमा अहिलेसम्म ३६ जना बालबालिकामा दादुरा देखिसकेको छ । दादुराकै कारण जटिलता हुँदा ३१ महिने बालकको ज्यान गइसकेको छ । अहिले ३५ जना बालबालिका उपचाररत रहेका छन् ।

 

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech