भेरी अस्पतालको नयाँ इन्डोर ब्लकको डिजाइन परिमार्जन गरिने

    • स्वास्थ्य पेज

  • १९ पुष २०७९, मंगलवार

नेपालगन्जः भेरी अस्पचाल नेपालगन्को नयाँ इन्डोर भवनको डिजाइन परिर्माजन हुने भएको छ । गत वर्ष नयाँ इन्डोर ब्लक डिपिआर तयार भई आर्थिक वर्ष ०७९/८० बाट निर्माणको थालनी हुँदैछ ।

उक्त भवन व्यवस्थित र सबैको पहुँचमैत्री बनाउनका लागि भेरी अस्पतालले आज यसक्षेत्रका माननीय, विज्ञ चिकित्सक तथा इन्जिनियरहरुसँग समन्वय तथा परामर्श बैठक गरेको थियो । त्यसमा आएको सुझावका आधारमा यसअघिको डिजाइनलाई परिमार्जन गर्ने निर्णय भएको अस्पतालले जनाएको छ ।

उक्त बैठकको निर्णय आफ्नो आधिकारीक फेसबुक पेजमा सार्वजनिक गर्दै अस्पतालले डिजाइन परिमार्जनका लागि मल्ल ग्रुप कन्सल्टेन्ट एण्ड एसोसिएसनलाई आग्रह गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

आजको बैठकमा सहभागी भएर प्रतिनिधिसभा सदस्यहरु किशोरसिंह राठौर (नेपाली काँग्रेस), दीपा शर्मा (नेकपा एमाले) डा धवल शम्शेर राणा (राप्रपा), लक्ष्मी तिवारी र मनिश झा (रा.स्व.पा), नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशब डा सुरेश कुमार कनोडिया, शहिद गंगालाल ह्रदय रोग केन्द्रका कार्डियोथेरापिक सर्जन डा रामेश कोइराला, सहरी विकास तथा भवन निर्माण निर्माण विभागका इन्जिनियर सविन बज्राचार्य, संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर विजय केशर खनाल, भेरी अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाई, भेरी अस्पतालका आर्किटेक्ट, तत्व कन्सल्टेन्ट अभिशेक बज्राचार्य, मल्ल ग्रुप कन्सल्टेन्ट एण्ड एसोसिएसनका सिनियर आर्किटेक्ट मञ्जु मैनाली, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट गाइनेलोजिष्ट डा कीर्तिपाल सुवेदी, काठमाडौं क्यान्सर सेन्टरका अंकोलोजिष्ट डा आविश अधिकारी लगायतले अस्पतालको श्रीवृद्धिका लागि महत्वपूर्ण सुझाव र सल्लाह दिनुभएको थियो ।

यस्ता छन अस्पतालका निर्णय
निर्णय नं. १ (क) भेरी अस्पतालको विद्यमान रहेको पूरानो जीर्ण भवन भत्काई सो स्थानमा बन्ने भवनलाई इमरजेन्सी ब्लक तथा इन्डोर ब्लकसँग जोड्ने गरी डिजाइन परिमार्जन गरिने
(ख) प्रस्तावित नयाँ ब्लकको तल्लो तीन तलाहरुमा (भुई तला, दोस्रो र तेस्रो तला) ओपिडि सेवाका लागि चौथो तलामा अप्रेशन थियटरका लागि र अन्य बाँकी तलाहरुमा लागि वार्डका लागि डिजाइन परिमार्जन गर्ने ।

निर्णय नं. २ भेरी अस्पतालको नयाँ बनाउने प्रस्तावित भवनको उत्तरपट्टी भविस्यमा बन्ने अर्को वेसमेन्ट पार्किङ लगायतका अन्य सेवाहरुलाई सम्वोधन गर्ने गरी प्रस्ताव अगाडि बढाउने ।

 

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech