सोनकर, श्रेष्ठ, ज्ञवाली र वली सम्मानित

    • स्वास्थ्य पेज

  • १८ पुष २०७९, सोमबार

नेपालगन्जः जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चार जनालाई सम्मान गरेको छ । कोभिड महामारी रोकथाम, नियन्त्रण तथा खोप तथा सूचना व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मीसहित चार जनालाई सम्मानित गरिएको बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत राम कुमार सोनकर, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठ, विपद व्यवस्थापन समितिका सूचना अधिकारी रुपन ज्ञवाली र डिसिएमसीका फोकल पर्सन तेज वली रहनुभएको छ ।

वली र ज्ञवालीले कोभिड महामारीमा सूचना व्यवस्थापन, श्रेष्ठले खोप व्यवस्थापन र सोनकरले आइसोलेसन व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै समितिले उहाँहरुलाई सम्मानित गरेको सिडिओ खत्रीले जानकारी दिनुभयो ।

 

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech