राप्ती स्वास्थ्य प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु

    • स्वास्थ्य पेज

  • ८ पुष २०७९, शुक्रबार

नेपालगन्जः घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ। प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार सुरु भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।

बिरामीको रगत निकालेर उक्त रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको बृद्धि भई कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा कृष्ण झाले बताए। दाङमै पहिलो पटक घोराहीमा यो सेवा शुरु भएको उहाको भनाइ छ ।

‘कपाल उमार्नेसँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर एवं चाउरी हटाउन पनि यो विधि प्रभावकारी छ’– उहाँले भन्नुभयो– ‘यो उपचार विधिमा बिरामीकै रगतबाट प्लेटेसहितको प्लाज्मा छुट्याएर कपाल नभएको ठाउँमा राख्ने गरिन्छ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको हो। प्रतिष्ठानको छाला रोग विभागमा डा झाको नेतृत्वमा डा निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले यो काम गरिरहेको छ। प्रतिष्ठानले थेरापी गरेको ३ देखि ६ महिनाभित्र कपाल पलाउने जनाएको छ।

  • ८ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech