जाडोमा अपनाउनुपर्ने केहि स्वास्थ्य सावधानीहरू

    • स्वास्थ्य पेज

  • ५ पुष २०७९, मंगलवार

नेपालगन्जः मौसम परिर्वतन भएसँगै हामीले स्वस्थ्य रहनका लागी विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ । जाडोमा विशेषगरी अपनाउनुपर्ने केहि सावधानीहरू यस प्रकार रहेका छन् ।

पानी प्रशस्त पिउने 

शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

हिँडाइको गति कम गर्ने

चिसोमा मुटुको समस्याको जोखिम घटाउन हिँडाइको स्पिड कम गरेर हिँडाइको अवधि बढाउनु सुरक्षित हुन्छ ।

चिसो हावा र पानी परेको बेलामा बाहिर व्यायाम गर्न निस्किनु हुँदैन ।शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि शरीरलाई सक्रिय बनाउने अनि व्यायाम सुरु गर्ने ।

धेरै चिल्लो खानेकुरा नखाने

जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले घरै चिल्लो, फ्राई पार्टी भोजको बेलामा सतर्क हुनु पर्दछ ।

औषधिको नियमित प्रयोग

मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाईकन नियमित खानु पर्छ ।

मदिरा र चुरोट सेवन नगर्ने

जाडो महिनामा मुटुमा हुने असरलाई मदिरा तथा धुम्रपान ले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण

जाडो महिनामा प्रेसर, सुगर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच, र नियन्त्रण गर्न जरुरी छ ।

चिसोमा हिँड्दा छाती दुख्नु

मुटु रोगको प्रमुख लक्षण एन्जिना चिसोमा बढि देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

व्यायामको बेलामा चिसोबाट सुरक्षा

यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नु पर्छ ।

  • ५ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech