नेपालगन्जः नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पाँच पदमा निर्विरोध निर्वाचित भएका छन्। संघको आसन्न निर्वाचनका लागि पाँच पदमा एकएक जनाको मात्र उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहकोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्। उनीहरु सबै प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्।
वरिष्ठ उपाध्यक्षमा डा वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सहसचिवमा डा लिजन महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्की र प्रगतिशील समूहबाट डा सन्तोष पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ।
संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ।