बढ्दो स्तन क्यान्सर र रोकथामका विधि

    • अंशु भुसाल

  • २७ मंसिर २०७९, मंगलवार

‍‍…

बिरामी २ : आफ्नो स्तन बढ्दै जाँदा महिलाको जस्तै आकार लिन थालेर आत्तिएका पुरुष

‍‍…

बिरामी ३ : विभिन्न स्वास्थ्य संस्थाले विभिन्न रोगको रुपमा पहिचान गर्दा,  स्तनको क्यान्सर प्रमाणित गर्दा पनि उपचार गर्न डराएर पाँच वर्षपछि रोग बल्झिएर क्यान्सर अस्पतालमा उपचार गर्न आइपुग्ने एक वृद्ध महिला,
‍‍…

बिरामी ४ : स्तन क्यान्सर प्रमाणित भएपछि आर्थिक अभावको कारण एक वर्षपछि केहि रकम संकलन गरेर उपचार गर्न आएकी महिला।

यी केही प्रतिनिधि पात्रहरु मात्रै हुन्।

महिलामा हुने क्यान्सरमध्येको प्रमुख क्यान्सर, स्तनको क्यान्सर हो। महिला पुरुष दुवैमा लाग्ने यो क्यान्सर तुलानात्मक रुपमा बढी महिलामा देखिन्छ। पाठेघरको क्यान्सरले पहिलो स्थान लिएको वर्तमान स्थितिमा निकट भविष्यमा स्तन क्यान्सरले उछिन्ने संकेत यस क्यान्सरको वृद्धिले देखाएको छ। झट्ट स्तन भन्दा महिलालाई बुझिएता पनि पुरुषहरु पनि यस क्यान्सरबाट अछुतो रहँदैनन्।

विश्व स्वास्थ्य संगठन (ग्लोबोक्यान) २०२० को अनुसार, विश्वमा ११.७ प्रतिशत नयाँ स्तन क्यान्सरको बिरामीको छन् भने ६.९ प्रतिशतले सोही क्यान्सरका कारण जीवन गुमाउनु परेको थियो। त्यसका साथै, सन् २०४०सम्ममा, विश्वभर स्तन क्यान्सरका नँया बिरामी ३० लाखभन्दा बढी र त्यसको मृत्युदर प्रतिवर्ष १० लाख भन्दा बढी हुने आंकलन गरिएको छ। नेपालमा स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन आर्थिक वर्ष २०६८/६९ देखि स्तन क्यान्सरको तथ्यांक छ।  २०७१/७२ को आंकडा भने छैन। आ.ब. २०६८/६९ मा ११७६ रहेका स्तन क्यान्सरका बिरामी आ.ब. २०७७/७८ मा १९६७ रहेका छन्। त्यसैगरी आ.ब. २०७५/७६मा  २०३३ रहेका स्तनका बिरामी २०७६/७७ मा १७१९ रहेका छन्। कोभिड १९ को कारणले गर्दा पनि संख्यामा फरक परेको आंकलन गर्न सकिन्छ।

अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने महिनाका रुपमा लिइन्छ। एचआइभी/एड्सलाई रातो रिबनले जनाउँछ भने स्तन क्यान्सरलाई गुलाबी रिबनले जनाउँछ। गएको उक्त महिनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आम मानिसलाई सचेत गराउने जमर्को गरिन्छ।

स्तन क्यान्सरको हुन सक्ने सम्भाव्य तत्वहरु 
आमा, दिदीबहिनी, आमा पट्टीकी हजुरआमा वा नजिकका आफन्तलाई स्तन क्यान्सर भएको छ भने त्यस्ता महिलाहरुमा,

चाँडै महिनावारी सुरु भएको,ढिलो नै महिनावारी सुकेमा।

अविवाहित महिलाहरुमा,

बच्चा नजन्माएका महिलाहरुमा,

३० वर्षपछि पहिलो जन्माउने महिलाहरुमा,

स्तनपान नगराउने महिलाहरुमा,

स्तनमा पहिलेदेखि नै गाँठा गुँठी भएमा,

एउटा स्तनमा क्यान्सर भइसकेका महिलाको अर्को स्तनमा पनि क्यान्सर देखिन सक्ने।

लक्ष्य तथा चिन्ह्हरु 
स्तनको कुनै भागमा दुख्ने वा नदुख्ने गिर्खा हुनु,

स्तनको आकार र बनौटमा फरक देखिनु,

स्तन सुन्निएर कडा हुनु,

स्तनको मुन्टा सिधा बाहिर पट्टि नफर्कि दाँया, बाँया वा घुमेर भित्र पट्टि फर्किनु,

स्तनको छालाको रंगमा परिवर्तन हुनु,

काखिमा गिर्खा देखिनु,

स्तनबाट रगत वा पिप बग्नु,

स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु।

स्तन क्यान्सरको रोकथाम
सुर्तिजन्य पदार्थ चुरोट, बिडी, सुर्ति, तम्बाखु तथा रक्सीको सेवन नगर्ने,

शारीरिक कसरत, व्यायाम गर्ने तथा पौष्टिक खानेकुरा खाने

शरीरको अनावश्यक मोटोपन घटाउने

स्तनपान गराउने।

सुरुवाती चरणमा रोग पत्ता लाग्न सकेमा स्तन क्यान्सर निको हुने प्रबल सम्भावना रहन्छ। स्तनमा भएको गिर्खालाई सुरुको अवस्थामा फेला पार्दा उपचार छिटो हुन्छ, किनभने जति सानो गिर्खा, त्यति सहज उपचारको विधि र राम्रो परिणामको हुने सम्भावना हुन्छ। अन्तिम अवस्थामा प्यालियटिभ उपचारको प्रयोग गरेर बिरामीको पीडा कम गर्न सकिन्छ।

स्तन क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउने दुई तरिका
आफ्नो स्तन आफैं जाच्ने
प्रत्येक महिलाले स्वयं आफ्नो स्तनको जाँच गर्न सक्दछन्। नियमित महिनावारी हुने महिलाले महिनावारी भएको सातौँ दिनमा र महिनावारी सुकिसकेका महिलाहरु तथा अनियमित हुने महिलाले महिनाको कुनै एक दिन आफै जाँच गर्न सक्दछन्

चिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट 
स्तनको आकार र प्रकारमा हुने परिवर्तनका भेटिए चिकित्सकको परामर्श लिनुपर्दछ। ४० वर्ष कम उमेरका महिलालाई स्तनको अल्ट्रासाउन्ड गर्नको लागि सल्लाह दिइन्छ भने सो भन्दा माथिका लागि म्यामोग्राम गर्न सल्लाह दिइन्छ।

स्तन क्यान्सरको उपचार विधि
शल्यक्रिया,
रेडियोथेरापी (विकिरणको प्रयोग),
केमोथेरापी
हर्मोन थेरापी ,
प्यालियटिभ केयर ( बिरामीको पीडा र असुविधा कम गर्न गरिने विभिन्न उपचारको समष्टि रुप)

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो। तर, रोग लागिसकेपछि सुरुको अवस्थामै पत्ता लगाएर निर्मुल पार्न अग्रसर हुन झन जरुरी हुन्छ। यसलाई लाज, शर्मको विषय भन्दा आफ्नो स्वास्थ्यको विशेष हेरचाहको रुपमा लिनुपर्दछ। त्यसैले, स्तन क्यासरको लक्षणको लागि कि आफैले आफ्नो जाँच गराैं कि त स्वास्थ्यकर्मीको सहायता लिऔँ र स्वस्थ जीवन जिउन एक पाइला अघि सारौँ।

(भुसाल विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर र बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा भइरहेको अनुसन्धानमा रिसर्च एसोसिएटको रुपमा आबद्ध हुनुहुन्छ।)

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech