नेपालगन्जः काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।
अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उहाँको जित निश्चित भएको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ मा पूर्व स्वास्थ्य मन्त्री गगनसँग नेकपा एमालेका डा राजन भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ ।