पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७९, बुधबार

नेपालगन्जः पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ। बुधबार बिहान अपरिचत व्यक्तिको समूहले श्रेष्ठको गाडीमाथि तोडफोड गरेका हुन्।

श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बिहान ११ बजेतिर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गाडी रोकेर भेटघाटमा रहेको बेला भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि श्रेष्ठको गाडीमाथि तोडफोड भएको हो।

तीनवटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ। केही दिनअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडीमा पनि तोडफोड भएको थियो।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech