पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७९, बुधबार

काठमाडौं: सरकारले पोलियोविरुद्धको खोप एफ.आई.पी.भी लगाउने तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिका अनुसार एक वर्ष भित्रका बालबालिकाहरूलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिइने छ । साथै एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्रका सम्पूर्ण बालबालिकाहरूलाई १६ हप्ता (४ महिना) फरकमा दुई मात्रा दिइने जनाएको छ ।

यसअघि एक वर्ष भित्रका बालबालिकाहरूलाई दिइने एफ.आई.पी.भी खोप एक वर्ष भित्रका बालबालिकाहरूका लागि ६ हप्ता र १४ हप्ता गरी दुई पटक र एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेर भित्र सम्पूर्ण बालबालिका लागि ८ हप्ताको फरकमा दुई पटक दिइने व्यवस्था थियो ।

खोप सुरक्षित भएकाले परिवर्तित नियमित खोप तालिका अनुसार आफ्ना बालबालिकालाई खोप लगाई आफ्ना बालबालिकालाई पोलिया रोग लाग्नबाट बचाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयलका अनुसार खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । सरकारले २०७५ साल साउनदेखि बालबालिकाहरूलाई पोलियोविरुद्धको खोप दिन थालेको हो ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech