थप १० जनामा काेराेना पुष्टि

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७९, शुक्रबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार तीन सय ३९ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ४६ जनामा झरेको छ ।

यसैबीच डेङ्गी सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसहित गएको साउनपछि डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । साउन महिनायता ५१ हजार एक सय ७७ जनामा डेङ्गी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech