गगन थापालाई डा गोविन्द केसीले भोट माग्दै भन्नुभयो- अब देशको नेतृत्व तपाईंले गर्नुपर्छ

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७९, बिहीबार

नेपालगन्जः चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट माग्नुभएको छ । अब देशको नेतृत्व युवाले गर्नुपर्ने भन्दै उहाँले गगन थापामा त्यो क्षमता भएको पनि बताउनुभयो ।

एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताउनुभएको छ । ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भन्नुभएको छ, ‘गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।’

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उहाँले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताउनुभएको छ । देशलाई सही मार्गचित्र दिनसक्ने नेताहरुको खाँचो भएको भन्दै केसीले विवेकमा उभिएर बोल्न सक्ने र अडान लिन सक्ने नेता थापा भएकोले सफलतापूर्वक देशको नेतृत्व गर्नसक्ने पनि बताउनुभयो ।

 

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech