सर्वोच्चले भन्यो–धिताललाई अस्पताल विकास समितिको अध्यक्षकै हैसियतमा काम गराउनु

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७९, मंगलवार

नेपालगन्जः सर्वोच्च अदालतले प्रमोद धिताललाई भेरी अस्पताल विकास समितिको अध्यक्षकै हैसियतमा काम गर्न बाटो खोलिदिएको छ । अध्यक्ष धितालको कार्यकाल बाँकी छदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धिताललाई हटाएर सकिल अहमद जसगढलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै मन्त्रालयले आफुलाई हटाएर जसगढलाई अध्यक्षमा नियुक्त गरेको भन्दै धितालले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै धिताललाई यथावत काम गर्न दिनु भनेको हो ।

धिताललाई सरकारले २०७७ साल जेठ १४ गते तीन वर्षीय कार्यकालका लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । तर कार्यकाल नसकिदै स्वास्थ्य मन्त्रालयले गएको भदौ ६ गते धिताललाई हटाएर जसगढलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech