के हो चिन्ता रोग ? कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७९, आईतवार

एन्जाइटी अर्थात् चिन्ता एक मानसिक अवस्था हो । एक कठिन परिस्थितिमा वा कुनै अवस्थामा हरेक मानिसले एन्जाइटीको सामना गरेकै हुन्छन् ।

वास्तवमा एन्जाइटी तनावपूर्ण घटना तथा मस्तिष्कले आगामी खतराको बारेमा सतर्क गराउने तरिकाको प्रतिक्रिया हो । यसलाई नियन्त्रण गर्न सक्दासम्म र यसले दैनिक जीवनमा वाधा नपुर्याएसम्म यो चिन्ताको विषय नहुन सक्छ ।

तर दैनिक एन्जाइटी भएमा, कामहरूमा वाधा पुग्न थालेमा तथा अन्य जटिलताहरूलाई रोक्नको लागि समस्याको पहिचान गरी जतिसक्दो चाँडो सम्भव भएसम्म उपचार गर्नु आवश्यक हुन्छ । एन्जाइटी डिसअर्डरको उपचारको पहिलो चरण भनेको यसको लक्षणहरू पहिचान गर्नु हो । एन्जाइटी डिसअर्डरका केही सङ्केतहरूः

 –जहिले पनि चिन्तित भइरहेको महसुस हुनेः

महसुस गर्दा, सम्पूर्ण आन्तरिक प्रणालीमा असर पुग्ने हन्छ । दिमागले शरीरलाई केही ठीक नभएको महसुस गराउँछ । मुटुको चाल बढ्ने, पसिना, हात काप्ने, मुख सुख्खा हुने जस्ता समस्या नियमित देखिन सक्छ । यस्ता समस्या के कारणले भएको मानिसले पत्ता लगाउन सक्षम हुँदैनन् ।

–बेचैनी हुनेः

बच्चा तथा किशोरकोशोरीमा एन्जाइटी हुँदा मन बेचैन हुनु चिन्ताको एक सामान्य सङ्केत हो । छ महिनासम्म हप्तामा तीनदेखि चार दिनसम्म यस्तो समस्या देखिए एन्जाइटी डिअर्डर भएको मानिन्छ।

– थकानः

चिन्ताले मानसिक स्वास्थ्यलाई मात्र नभइ शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ । गम्भीर थकान, सातदेखि आठ घण्टा सुतेपछि पनि प्रायः थकित महसुस हुन्छ भने एन्जाइटी डिसअर्डरको सङ्केत हुन सक्छ । यस्तोमा मांसपेशी कडा हुने, जोर्नीहरू दुख्ने पनि हुन सक्छ ।

– एकाग्रता कम हुँदै जानेः

एन्जाइटीको समस्या भएकामध्ये ९० प्रतिशतमा ध्यान केन्द्रित गर्न गाह्रो हुने पाइएको छ । ध्यान केन्द्रित गर्न नसक्दा काममा बाधा पुग्ने, खराब प्रदर्शन हुने तथा दिक्क हुन सक्छ । ध्यान केन्द्रित गर्न गाह्रो हुनु डिप्रेसन वा अन्य मानसिक समस्याको कारण पनि हुनसक्छ ।

– अनिन्द्राः

लामो समयसम्म चिन्ताले पिरोलिरहेको कारण निन्द्रामा समस्या आउन सक्छ । अस्वस्थ र थकित महसुस हुँदा समेत निदाउन वा आराम गर्न सकिँदैन । लगातार धड्कन बढ्ने तथा चिन्ताको भावनाले बिउँझाइराख्न सक्छ ।

– प्यानिक अट्याकः

प्यानिक अट्याक एन्जाइटी डिअर्डरको एक गम्भीर रूप हो, जो समय समयमा भइरहन सक्छ । यसले हृदयघातमा हुँदा देखिने सङ्केत देखाउने हुँदा कहिलेकाँही फरक छुट्याउन गाह्रो हुन्छ । डर लाग्ने, मुटुको धड्कन बढ्ने, पसिना आउने, जिउ काप्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, वाकवाकी लाग्ने, मर्न लागेको महसुस हुने, नियन्त्रण गुम्ने प्यानिक अट्याकका केही सामान्य लक्षणहरू हुन् ।

–वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्याः खराब मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यलाई पनि बाधा पु¥याउन सक्छ । दीर्घकालीन चिन्ताबाट ग्रस्त भएका एक व्यक्तिलाई वाकवाकी लाग्ने, पेटको दुखाइ हुने, खान मननलाग्ने, कब्जियत हुने जस्तो पाचन समस्या हुन सक्छ ।

 

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech