भेरी अस्पतालको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न ‘सेतो घरमा’ डोजर चल्यो

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७९, शनिबार

नेपालगन्जः नेपाल रेडक्रस सोसाइटीले भोगचलन गर्दै आएको ‘सेतो घर’ भत्काइएको छ । भेरी अस्पताल सौन्दर्यीकरण अभियान तथा बृहत्तर गुरुयोजना कार्यान्वयन अन्तर्गत आज नेपाल रेडक्रस सोसाइटीले भोगचलन गर्दै आएको ‘सेतो घर’ डोजर लगाएर भत्काइएको अस्पतालले जनाएको छ।

रक्तसञ्चार सेवा संचालन हुँदै आएको रातो भवनलाई भने यथावत राखिने पनि अस्पतालले जनाएको छ । ब्लड बैंकको निम्ति अस्पताल परिसरमै छुट्टै भवन निर्माणको लागि बजेट बिनियोजन भइ टेन्डर समेत भैसकेको छ ।

उक्त कार्यमा सहयोग पुर्याउने सबैप्रति अस्पतालले धन्यवाद दिएको छ । अस्पतालले भनेको छ- ‘यस कार्यमा सहयोग गर्नुहुने उक्त स्थानबाट बिस्थापित व्यवसायी, नेपाल रेडक्रस सोसाइटी, कानुन व्यवसायी, नागरिक समाज, पत्रकार र भेरी अस्पतालका सबै शुभेच्छुकहरूमा अस्पतालले धन्यवाद छ ।’

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech