नेपालगन्ज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रिक्त पदहरुको विवरण उपलब्ध गराउन भेरी अस्पताललाई निर्देशन दिएको छ ।
रिक्त पदपूर्ति गर्नका लागि विवरण मन्त्रालयले आज सूचना जारी गर्दै माग गरेको हो ।
स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त पदहरुको विवरण उपलब्ध गराउन भेरी अस्पतालसहित २६ वटा स्वास्थ्यका निकायलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।