कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुग्यो

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७९, शुक्रबार

नेपालगन्ज: देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech