२ हजार ७२८ जना डेंगु रोगी थपिए

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७९, शुक्रबार

नेपालगन्ज: देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ ।

कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech