नेपालगन्जः शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।उहाँको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिनुभयो ।
मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने पारिवारिक स्रोतले जानकारी दिएको हो।
जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको थियो ।
उहाँको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राखिने छ ।
सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उहाँकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताउनुभयो । किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।