नेपालगन्ज: शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
जोशीको छातीमा निमोनिया संक्रमण देखिएको छ । उमेर धेरै भएको र रोगले ग्रसित पारेकाले औषधिले पनि काम नगरेको उपचारमा संलग्न एक चिकित्सकले बताउनु भयो ।
‘ब्लड प्रेसर एकछिनमा ह्वातै घट्छ । ब्लडप्रेसर घट्न थालेको राम्रो अवस्था होइन । औषधिले शरीरमा त्यति राम्रो काम गरिरहेको छैन’, ती चिकित्सकले भने, ‘स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक नै रहेको छ ।’
निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत रहनु भएको छ ।
स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो ।
बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो । अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिनुपरेको छ ।