नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस गरेका खड्का विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा नियुक्त

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा। धनकेशर खड्कालाई नियुक्त हुनु भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले २६ असोजदेखि डा खड्कालाई परीक्षा हेर्ने गरी सहायक डिन नियुक्त गर्नु भएको हो ।

प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा खड्कालाई दुई वर्षका लागि उक्त पदमा नियुक्त भएको प्रतिष्ठानका सह—प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिनुभयो ।

यसअघिका सहायक डिन डा भावेश कोइरालाको पदावधि १८ भदौंमा सकिएपछि उक्त पद रिक्त रहेको थियो । सहायक डिन डा खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र विपी प्रतिष्ठानबाट चर्म तथा यौनरोगमा एमडी गर्नु भएको छ ।

इटहरी १९, तरहराका निवासी डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गर्नु भएको हो।

उहाँले आर्थिक वर्ष २०७५-०७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समिति संयोजकको भूमिका पनि निर्वाह गरिसक्नु भएको छ ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech