कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७९, बुधबार

नेपालगन्जः सरकारले यही कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको पोषण शाखाले जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech