शरीरमा रातो रक्तकोषको अभाव भएमा रक्तअल्पता हुन्छ । रातो रक्तकोषले शरीरमा शुद्ध अक्सिजन बोक्ने काम गर्दछ । शरीरमा भोजनको असन्तुलन तथा विभिन्न कारणले गर्दा रक्तअल्पताको समस्या देखिने गर्दछ । विशेषगरी महिलाहरुमो रक्तअल्पताको समस्या बढी देखिने गर्दछ ।
शरीरले रातो रक्तकोष पर्याप्त बनाउन नसक्नु, शरीरबाट रगत बढी बग्नु तथा शरीरले रातो रक्तकोष नष्ट गर्ने विविध कारणले गर्दा रातो रक्तकोषको अभाव अथवा रक्तअल्पता हुने गर्दछ । शरीरमा आइरनको अभाव, भिटामिनको अभावलगायत विभिन्न कारणले रक्तअल्पता देखिन सक्दछ । यस्ता केही भोजनहरुको सेवनबाट रक्तअल्पता हुनबाट बच्न सकिन्छ :
– पालक सागको सेवनले रगत कमी हुनबाट बचाउँछ ।
– चुकन्दरलाई आइरनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । यसको सेवनले शरीरमा रक्तअल्पता हुने सम्भावना कम गर्दछ ।
–रातो मासुको सेवनले शरीरमा आइरनको पूर्ति गर्दछ । १०० ग्राम रातो मासुमा २.७ ग्राम आइरन पाउन सकिन्छ ।
–रगत कमी हुनेले भोजनमा विशेष ध्यान दिनुपर्दछ ।