एमाले र जसपाको साथले पूर्व स्वास्थ्यमन्त्री बोहोरा रुपन्देही–३ को उम्मेदवार

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७९, आईतवार

नेपालगन्ज: २०७४ सालमा एमालेका घनश्याम भुसालसँग पराजित भएका राप्रपाका दीपक बोहोराले एमालेकै समर्थनमा रुपन्देही–३ मा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पूर्व स्वास्थ्यमन्त्री बोहरले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यसपटक एमालेले भुसालको टिकट खोसेर राप्रपाका बोहोरालाई तालमेल गर्दै टिकट दिएको थियो।  भुसालले  शनिबार एमाले परित्याग गरिसक्नु भएको छ ।

उक्त क्षेत्रमा प्रतिनिधि सभामा राप्रपा,  प्रदेश सभामा जनता समाजवादी पार्टी र एमालेले पाउनेगरी तालमेल गरेका छन्।

प्रदेश सभा (क) मा जसपा नेता महेन्द्र यादव र (ख) मा नेकपा एमालेका नेता तुलसी चौधरीले मनोनयन दर्ता गर्नु भएको छ ।

उहाँलाई  एमाले र जनता समाजवादी पार्टीले सहयोग गर्ने छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसले उम्मेदवारी पाएको छ।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech