चिकित्सक तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवार

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७९, आईतवार

नेपालगन्ज: ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा. तोशीमा कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ। कार्कीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका निमित्त उम्मेदवारी दर्ता गराउनु भएको हो ।

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्दै आएकी युवा चिकित्सक तोशीमाको प्रस्तावकको रूपमा नेपाल सरकारका पूर्व सचिव तथा अभियन्ता डा. भीम उपाध्याय रहनु भएको छ ।

उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालमा ‘स्ट्रेट फरवार्ड’ अभिव्यक्ति दिने र वैकल्पिक राजनैतिक शक्तिको वकालत गर्ने अभियन्ताको रूपमा समेत चिनिँदै आउनु भएको छ ।

कार्की हाल पाटन अस्पतालमा जनरल सर्जनको रूपमा समेत कार्यरत रहनु भएको छ।

मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोशीमा नेपाल मेडिकल काउन्सिल कि निर्वाचित केन्द्रीय सदस्य समेत रहनु भएको छ ।

किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्व विद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी केसीले स्वास्थ्य नेपाली सुखी नेपालीको नारा सहित केही समय अगाडि नै आसन्न चुनावमा उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो ।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech