सरकारले डेंगु नियन्त्रणमा केही पनि गरेको छैन : गगन थापा

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गर्नु भएको छ ।

आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उहाँले बताउनुभयो ।

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भन्नुभयो–‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताउनुभयो ।

‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’

 

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech