नेपालगन्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७९, बिहीबार

नेपालगन्जः नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कमरुद्दिन राईले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सिफारिसमा निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बताउनुभयो ।

 

दशैं, तिहार, छठ, मोहम्मद डे र गुरुनानक डेको अवसरमा शुभकामना दिँदै उपमेयर राईले यी चाडपर्वहरुले आपसी भाइचारा, एकता र सद्भाव बृद्धि गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत उपस्थित थिए ।

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech