भेरी अस्पतालको स्तरवृद्धिका लागि सक्दो पहल गर्छु: अध्यक्ष जसगड

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७९, शुक्रबार

नेपालगन्ज:  भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष सकिल अहमद जसगडलाई अस्पतालका कर्मचारीले आज स्वागत गरेका छ्न ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगडलाई हिजो तीन वर्षीय कार्यकालका लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष जसगडले कर्मचारीले आयोजना गरेको स्वागत कार्यक्रममा अस्पतालको स्तरवृद्धिका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।

उहाँले अस्पतालको गुणस्तरीय सेवालाई प्रभावकारी गराउने जिम्मा अस्पतालकै कर्मचारीहरुको भएकाले त्यसतर्फ गम्भीर हुन निर्देशन पनि दिनुभयो ।

भेरी अस्पताललाई पश्चिमकै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गर्ने अस्पतालको रूपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यकता रहेको उहाँको भनाइ छ।

नेपालगन्जका सुनचाँदी व्यवसायी जसगड नेकपा एकीकृत समाजबादी पार्टीका नेता हुनुहुन्छ । उहाँ समाजबादीको कोटामा अस्पताल विकास समितिको अध्यक्ष बन्नु भएको हो ।

कार्यक्रममा बोल्दै समाजबादीका जिल्ला अध्यक्ष अशोक कोइरालाले अस्पतालको भौतिक पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि आफ्नो पार्टीले लबिङ गर्ने बताउनु भयो ।

त्यसै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले अस्पतालको बृहत बिकासका लागि अस्पताल प्रशासन र बिकास समितिबीच समन्वय र सहकार्य जरुरी रहेको भन्दै त्यसैअनुसार आफुहरु अघि बढने प्रतिबद्धता जनाउनु भयो ।

 

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech