डेंगुका कारण २५ जनाको मृत्यु, साढे १९ हजार बढी संक्रमित

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७९, शुक्रबार

नेपालगन्ज: नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् ।

यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ ।

बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् ।

यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech