वेष्टर्न हस्पिटलमा नि:शुल्क शिविर: दुईजनामा घाँटीको क्यान्सर देखियो

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७९, शनिबार

नेपालगन्ज: वेष्टर्न हस्पिटल नेपालगन्जमा नाक, कान घाँटी तथा थाइराइड सम्बन्धि नि: शुल्क शिविर गरिएको छ । उक्त शिविरमा १ सय २१ जनाको स्वास्थ्य चेकजाँच गरिएको इएनटी सर्जन डा रबि स्वारले जानकारी दिनुभयो ।

शिविरमा आएका अधिकांश बिरामीमा कानको समस्या देखिएको पाइएको पनि उहाँले जानकारी दिनु भयो ।  चेकजाँच गरिएका बिरामी मध्ये ११ जनाको कानको शल्यक्रिया, ६ जना घाँटी र ५ जना नाकको शल्यक्रिया गर्नु पर्ने अवस्थाका बिरामी रहेको पनि डा स्वारको भनाइ छ ।

दुईजना बिरामीमा भने घाँटीको क्यान्सर समेत देखिएको छ ।शिविरमा बाँके, बर्दिया, दाङ, कैलाली, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, दैलेख, जुम्ला, कालिकोट र कंचनपुरसम्मका बिरामीले सेवा लिएका छ्न ।

अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले सयौंलाई निःशुल्क सेवा दिन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु  भयो ।

नि:शुल्क स्वास्थ्य शिविरहरु नियमित रुपमा सञ्चालन गरिने पनि उहाँको भनाइ छ । आर्थिकरुपमा कमजोर विपन्न तथा गरिव वर्गका बिरामीलाई यस्ता शिविरबाट बढि लाभ पुग्ने उहाँको बिश्वास रहेको छ ।

  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech