सागर क्लिनिक र गणेशमान चोक ड्रग स्टोरमा चोरी

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७९, शनिबार

नेपालगन्जः नेपालगन्जका दुई वटा औषधि पसलमा चोरी भएको छ । गणेशमान चौकस्थित गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो ।

शनिवार राती एक बजेतिर औषधि पसलको सटर फोडेर चोरले दुई पसलबाट करिव चार लाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तिले जानकारी दिनुभयो । गणेशमान चोक ड्रग स्टोरबाट ३ लाख ५० हजार र सागर क्लिनिकमा ३५ हजार चोरी भएको हो ।

सिसिटिभीमा कैद भएको चोर !

गणेशमान चोक ड्रग स्टोरका संचालक लोकनाथ पोख्रेलले चोरले मध्यराती औषधि पसलको सटर फोडेर चोरी गरेको बताउनुभयो । चोरले औषधि भने नचलाएको औषधि पसलका संचालकहरुले बताएका छन् ।

विश्वकर्मा पूजाका लागि एकाविहानै फार्मेसी पुग्दा सटर फुटाएको पाइएपछि प्रहरीलाई खवर गरेको सागर क्लिनिकका संचालक जितेन्द्र ठकुरीले बताउनुभयो ।

गणेशमान चोकमा प्रहरीको वीट छ । चोरी भएका औषधि पसल वीट नजिकैको दूरीमा छन् । प्रहरीले चोरी गर्नेहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।

 

 

  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech