नेपालगन्जः नेपालगन्जस्थित शाही डेन्टल क्लिनिकले दन्त उपचारसँगै परामर्श अभियान सुरु गरेको छ । दाँत तथा मुख स्वास्थ्य सम्वन्धी आम नागरिकलाई जानकारी दिने उद्देश्यका साथ यो अभियान सुरु गरिएको क्लिनिक संचालक करिष्मा शाहीले बताउनुभयो ।
खासगरी विद्यालयमा निशुल्क शिविरको आयोजना गरी स्कुले विद्यार्थीहरुमा मुख र दाँत स्वास्थ्यबारे परामर्श दिने र समस्या देखिएका त्यस्ता बालबालिकाहरु उपचार गर्ने गरिएको उहाँको भनाइ छ । अहिलेसम्म बाँके र बर्दियाका विद्यालय तथा संस्थामा यो अभियान सम्पन्न भइसकेको छ ।
अत्याधुनिक दन्त उपचार सेवा प्रवाह गर्दै आएको उक्त क्लिनिकले नेपालगन्ज उपमहानगरपालिका १९ को जयजन्ता मावि, नेपालगन्ज ८ को किन्दुराम काशीराम बैश्य धर्मशाला र बर्दियाको विद्यालयमा निःशुल्क शिविर भइसकेको छ ।
दन्त चिकित्सक डा विनय कुमार यादव र दामोदर चन्दले सेवा दिँदै आउनु भएको क्लिनिकले आयोजना गरेको शिविरमा दाँत सम्वन्धी विभिन्न खाले समस्या देखिएको पाइएको छ ।
क्लिनिकले दशैं तिहारको अवसरमा आफ्नो उपचार सेवामा छुटको व्यवस्था मिलाएको संचालिका शाहीले जानकारी दिनुभयो । असोज एक गतेदेखि चेकजाँचमा विशेष छुटको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।