नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा मंगलबार देखि टि डि खोप लगाउन सुरु गरिएको छ । टिटि खोपको सट्टामा टिडि खोप लगाइएको हो ।
फोहर व्यवस्थापन तथा कवाडमा काम गर्ने श्रमिकलाई लक्षित गरि खोप अभियान सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनु भयो ।
मंगलवार प्रहिलो दिन नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर २ र ११ का २१४ जनालाई खोप लगाइएको छ । त्यसमा महिला ७४ जना र पुरुष १४० जना रहेका छ्न ।
नेपालगन्ज उपमहानगरपालिका, एमडिएम फ्रान्स र भेरी वातावरणिय विशिष्टता समूहको संयुक्त पहलमा खोप लगाउने अभियान सुरु भएको हो ।
५५० जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । खोप अभियान भोलि विहीबारसम्म चल्ने पनि बस्नेतले बताउनु भयो ।