देउवाको गृह प्रदेश धनगढी पुगेर आजदेखि अनशन बस्दै डा गोविन्द केसी

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०७९, सोमबार

नेपालगन्जः सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने हुनु भएको छ । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उहाँ अनशन बस्न धनगढी पुग्नुभएको छ। उहाँले आज सोमबार बेलुकी ५ बजेदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।

उहाँले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राख्नुभएको छ।

डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) मा अल्मिेटम दिनुभएको थियो । ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आएको छु डा केसीले भन्नुभयोे–‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन बस्छु।’ उहाँले सुरक्षाको कारण स्थान भने तय नभएको बताउनुभयो ।

यस्ता छन् केसीका मागः
१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
२) जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

५) स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

६) देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech