कोरोनाबाट थप २ जनाको मृत्य, १५२ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७९, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech