बसपार्कमा देखियो डेंगु, लामखुट्टे नष्ट गर्ने अभियान सुरु

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७९, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएपछि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ ।

नेपालगन्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको थियो । स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने अभियान सुरु गरिएको हो ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्थानीयबासीको सहभागितामा आज बसपार्क क्षेत्रमा लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीले जानकारी दिनुभयो ।

वडा नम्बर–४ का अध्यक्ष गोपाल पुनले डेंगुबाट नगरबासीलाई जोगाउन लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने,आफ्नो दैनिकी खानपानमा रुचि नलाग्ने डेंगुका लक्षण हुन् ।

पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमला प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने र पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न चिकित्सकहरूको सुझाव छ ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech