सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७९, आईतवार

नेपालगन्जः गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले यो सेवा दिएको हो । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निःशुल्क एम्बुलेन्समा घरसम्म पुर्‍याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो।

भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी र शिशुलाई घरसम्म पुर्‍याएर निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो ।

 

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech