कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी अनिल सेन ठकुरीलाई

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७९, सोमबार

नेपालगन्जः कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी अनिल सेन ठकुरीले पाउनुभएको छ ।

शाखा प्रमुख पूर्ण खड्काले अवकाश पाएपछि नगरपालिकाले ठकुरीलाई प्रमुखको जिम्मेवारी दिएको हो ।

जनस्वास्थ्य निरीक्षक अधिकृत छैठौ तहका ठकुरीलाई कार्यपालिका बैठकले प्रमुखको जिम्मेवारी दिएको बताइएको छ ।

उहाँले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य पेजसँगको कुराकानीमा ठकुरीले कोहलपुरको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले पहल गर्ने जानकारी दिनुभयो ।

 

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech